ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा अलखियामठ मन्दिरको सरसफाइ

Date:

अजित कुमार भुजेल , बिरगंज । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम  अन्तर्गत ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगरले बुधबार शिवरात्रीको अवसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल १३ गण चिनी मिल हेड क्वाटर  वीरगंज पर्साका कार्यालय प्रमुख  सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य रहेका थिए ।

बिरगंज  महानगरपालिका वडा नम्बर १० स्थित अलखियामठमा हरेक साल महाशिवरात्री पर्वकाे बेला पुजापाठ मेला को पनि आयोजना हुने भएकोले उक्त मन्दिरको कम्पाउन्ड र मन्दिरको वरिपरि सरसफाई कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खेतानले जानकारी दिनुभयो।

आज भएको सरसफाइ कार्यक्रममा  सरकारी गैर सरकारीसंघ संस्थाका पदाधिकारीहरु  सन्चार कर्मीहरु , विभिन्न राजनैतिक दलका जन प्रतिनिधिहरु , समाजसेवी तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु  लगायतको सहभागितामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...