बिलबिजक भन्दा बढी हार्डवेयर लोड रहेको मालबाहक ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी हार्डवेयर लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीको  नियन्त्रणमा रहेको छ ।

सोमबार अन्दाजी राती १०:३० बजे  बिल विजक भन्दा बढी हार्डवेयर बोकेको माल बाहक ट्रक बिरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।

पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.८ ख ६१७१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर पार्टस लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मुल्य  रू.४८,८७,००५।- (अड्चालीस लाख सतासी हजार पाँच) बराबरको हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...