लागू औषध सहित दुई भारतीय महिला पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले लागु औषध सहित दुई जना महिलाहरूलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण व्यूरो शाखा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकबाट लागु औषध सहित दुई जना महिलाहरूलाई पक्राउ गरेको हो ।

संयुक्त चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेका सवारी साधन तथा पैदल यात्रुहरूलाई जाँच गर्ने क्रममा संकास्पदरूपमा हिंडिरहेकी भारत विहार जिल्ला पुर्वी चम्पारण रामगढवा बस्ने वर्ष ४३ की रूकसाना खातुन र वर्ष २० की अप्साना खातुनको शरिरबाट विभिन्न लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चेकजाँचको क्रममा रूकसाना खातुनबाट लागु औषध ब्रुप्रोनोरफिन १४८ एम्पुल, डाईजेपाम १४९ एम्पुल र फेनारगन १३९ एम्पुल र अप्साना खातुनले सेतो टेपले बेरी आफुले लगाएको सुरुवालले छोपिएकी ब्रुप्रोनोरफिन १४८ एम्पुल, डाईजेपाम १४७ एम्पुल र फेनारगन १४७  एम्पुल फेला परे पछि निजहरुलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइ रहेको जिप्रका पर्साका प्रवक्ता एवं प्रनाउ कुमार विक्रम थापाले पर्सा पोस्ट डटकमलाई जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...