लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि लैगिक हिंसा सम्बन्धि अ. ७५ थान जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरियो।

लैङ्गिक हिंसा भन्नाले लैङ्गिकताका आधारमा हुने शारीरिक , मानसिक , यौनजन्य दुर्ववहार , सामाजिक कुरितीजन्य व्यवहार लगायत लैङ्गिक भेदभावका आधारमा हुने हिंसा तथा प्रचलित नेपालको कानुनले तोकेको परिभाषालाई लैङ्गिक हिंसा मानिन्छ , त्यस्ता हिंसा पीडित वा प्रभावित व्यक्तिहरुलाई लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य उपचार लगायत अन्य आवस्यक सेवाहरु निसुल्क प्रदान गर्ने सो पर्चा पम्पलेट मार्फत जानकारी हुने भएकोले यो प्रभावकारी समेत हुने भएको छ ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्रका सदस्य अजित भुजेलको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं.२ का महिला वडा सदस्य श्रीमती संगिता थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी सहायक हवल्दार चक्र बहादुर श्रेष्ठ , प्र.ज.अभिनेश राय ,प्र.ज भिम बहादुर कपडयाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...