बिरगंज कपडा बैंकले बिरगंजको घन्टाघरमा निसुल्क कपडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकले आज बिरगंजको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ।

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय बिरगंज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शनिबार बिरगन्जको घण्टाघरमा ११५० थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।

बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, बिशिस्ट अतिथिद्वय संस्थाका संस्थापक सदस्यद्वय अधिवक्ता पन्नालाल गुप्ता र प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंह ,अतिथिहरुमा समाजसेवीहरु प्रा. डा. हरेराम ठाकुर ,तेजप्रकाश निषाद,नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका सदस्यद्वय श्रवण रायमाझी र अभिलाष गुप्ता, घण्टाघर प्रहरी पोस्टका इन्चार्ज कृष्णनन्दन ठाकुर,संस्थाका निवर्तमान अध्यक्ष रम्भा मिश्रा,उपाध्यक्षद्वय प्रकाश थारु , मोनिका सिंह ,सदस्यहरु हरेंद्र पटेल,संजय मंडल,निला कुमारी राम,र कर्मचारी शोभा देवी, राजेश श्रीवास्तव,अभिनाष झा ,सन्चारकर्मी संजय दास थारु लगायतको सहभागिता रहेको सचिव कन्हैया पटेलले बताए ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ दिएर जानुस र नहुने आवस्यकता भएकोले निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन  कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा  निशुल्क कपडा वितरण गर्दै आइरहेको छ ।

दिन दुखी असहायको सेवा सहयोग गर्नु नै मानवको सर्बोत्तम धर्म हो कर्म हो र हाम्रो नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरुलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...