प्रथम अल्पाईन कप -२०८० प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो खेलमा ग्लोबल बिजनेस कलेज बिजयी , म्यान अफ द म्याच रोहन साह घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता पुनः सुचारु भएको छ ।

बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा ग्लोबल बिजनेस कलेज बिजयी भएको छ । ओम नेशनल एकेडेमीलाई ९  विकेटले पराजित गर्दै बिजय हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको ओम नेसनल एकेडेमीका ब्याटरहरुको झिनो प्रदर्शन गर्दै १६.१ ओभरमा मात्र ५१ रनमा अलआउट भएको थियो । ग्लोबल बिजनेश कलेजका रोशन कुमार साहले उत्कृष्ट बलिङको प्रदर्शन गर्दै ४ ओभरमा १ मेडेन गर्दै १५ रनमा ५ विकेट प्राप्त गरि ओम नेसनलको पारी ध्वस्त पारेका थिए भने अनुज कुमार पटेलले ४ ओभरमा १ मेडेन गर्दै १३ रनमा २ विकेट लिएका थिए ।
<span;>त्यस्तै ५२ रनको बिजयी लक्ष्य पछ्याएको ग्लोबल बिजनेस कलेजले सानदार प्रदर्शन गर्दै ७.४ ओभरमा १ विकेटको नोक्सानीमा प्राप्त गरि बिजयी भएको थियो । ग्लोबलका निरज कुमार २८ बलमा १ चौका १ चक्काको मद्दतले अविजित २३ रन बनाए भने विवेक यादब १८ बलमा ३ चौकाको मद्दतले अविजित २२ रन बनाएर आफ्नो टिमलाई ९ विकेटको सानदार विजयी दिलाएका थिए  ।

आजको खेलमा सानदार बलिङ गर्दै ५ विकेट लियेर जितमा महत्त्वपूर्ण भुमिका खेलेका ग्लोबल कलेजका रोहन कुमार साह म्यान अफ द म्याच घोषित भएका छन । साहलाइ मधेश प्रदेश क्रीकेट टिमका पुर्व क्याप्टेन सुरज पटेलले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।

जारि क्रीकेट प्रतियोगिता टि-२० फर्म्याटमा खेलाइने  र फाल्गुन १७ सम्म चल्ने पुर्व निर्धारित कार्यक्रमलाई २ दिनको विश्राम पछि पुनः सच्चयाउदै अब समूह चरणका खेलहरु १० गते देखि १२ गते सम्म चल्ने र क्वाटर फाइनल खेल १४ र १५ फाल्गुनमा २-दुई खेलहरुको आयोजन हुनेछ ।

त्यस्तै १७ गते २ सेमिफाइनल खेल र १९ गते दिनको ११ बजे फाइनल खेलको आयोजना हुने अल्पाइन सेकेन्डरी स्कुलका सस्थापक तथा कार्यक्रम संयोजक बिनोद उपाध्यायले बताउनु भयो ।

आजको दोश्रो खेल नेसनल इन्फोटेक कलेज र मेरिगोल्डको बिचमा जारी रहेको छ ।

माघ २७ गतेदेखि शुभारम्भ भएको प्रतियोगिताको पहिलो खेलमा मिनिल्याण्डले आयोजक अल्पाइन स्कुललाई ५ विकेटले पराजित गरेको थियो भने म्यान अफ द म्याच मिनिल्याण्ड कलेजका बिशाल गुप्ता घोषित भएका थिए । गुप्ताले बलिङ तर्फ ४ ओभरमा १९ रन दियेर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...