रोयल एकेडेमीको बार्षिक समारोह कार्यक्रम भब्यताका साथ सम्पन्न

Date:

अजित कुमार भुजेल । रोयल बार्षिक समारोह कार्यक्रम सम्पन्न भएको छ ।

रोयल एकेडेमीको आयोजनामा हाम्रो राष्ट्रियता , हाम्रो गौरव भन्ने नाराका साथ बिरगंजको होटेल क्लासिक ब्यान्केटमा आइतबार भब्यताका साथ धुमधामको साथ विभिन्न कार्यक्रम गरि मनाईएको थियो ।

कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुद्वारा प्रस्तुत राष्ट्रिय गान सयौ थुङ्गा फुलका…,  स्वागत गान यो मेरो देश मलाई …., स्वागत नृत्य राम सियाराम…, हटने होईन डट्टी लडने गित , नेपाली बाबू डान्स , मा सरस्वती नृत्य ससाना विद्यार्थीहरुले गरेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

त्यसैगरि  सबै जातजातीको सस्कृति झल्कने नृत्य , फरक फरक धर्म , होलि , फरक फरक उत्सव पर्व , नेपालका किवदन्ती लेखबारे , बिश्वमा नेपालको बिरासत , वनबिनाशबारे , लाग्दैछ मलाई रमाइलो कबिता पाठ कक्षा ३ का विद्यार्थीले प्रस्तुत गरेका थिए ।

बार्षिक समारोह कार्यक्रममा पढाई ज्ञानको साथ साथै देशभक्ती , राष्ट्रियता, वातावरण , कला , धर्म , सस्कृति , रुढीबादी परम्परा , बिश्वमा नेपालको पहिचान र नृत्यकलाले उपस्थित अभिभावकहरु आआफ्नो बच्चाहरुको प्रतिभा देखेर मख्ख भएका थिए ।

रोयल एकेडेमीका प्रिन्सिपल बिजया ओझैयाको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्णले पानसमा बत्ति बाली उद्घाटन गर्नुभएको थियो ।

सो कार्यक्रमनमा ग्लोबल बिजनेस कलेजका सस्थापक एवं प्रिन्सिपल श्रीराम चौधरी , प्रभु हस्पिटलका डा. लक्ष्मी थापा गुप्ता , सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी , पत्रकार अजित भुजेल , सुर्य बिक , स्कुलका शिक्षक , शिक्षिका र अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य सुमन श्रेष्ठले र कार्यक्रम सन्चालन विद्यार्थी पारिशी र रिद्विले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...