शनिबार हुने क्रिक्रेट फाईनल खेल एमईएस माबी र मनकामना माबी बीच हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिता-२०८० को १४ औं  दिन शुक्रबार भएको सेमिफाईनलको पहिलो खेल एमईएस माबी र गौतम  माबी बीच भएको थियो ।

एमईएस माबिले गौतम माबीलाइ २२ रनले पराजित गरेका थिए ।

एमईएस माबीले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा ५ बिकेटको क्षतीमा १३८ रन बनाएका थिए ।

जबाफी ब्याटिङ्ग गर्दै गौतम माबिले २० ओभरमा ६ बिकेटको क्षतिमा जम्मा ११६ रन बनाएका थिए । २२ रनले एमईएस माबी बिजयी भएको छ  ।

सो खेलमा एमईएस माबिका एमडि रेहान  म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि सोहि दिनको दोस्रो सेमिफाइनल खेल साउथ जोन माबी र मनोकामना माबी बीच भएको खेलमा साउथ जोन माबीले टस जिति पहिलो ब्याटिङ्ग रोज्दै १९.४ ओभरमा १० बिकेटको क्षतिमा १३१  रन जोडेका थिए ।

त्यसैगरि मनकामना माबीले २० ओभर पुरै खेली ६ बिकेट गुमाई १३२  रन बनाएका थिए । ४ बिकेटले मनकामना माबी बिजयी हुँदै शनिबार फाईनलमा प्रवेश गरेको छ ।

मनकामना माबीका जय सरार्फ म्यान अफ द म्याच घोषित भएका थिए ।

भोलि शनिबार फाईनल खेल एमईएस माबी र मनोकामना माबी बीच हुने भएको छ ।कार्यक्रमको समापन पनि सोहि दिन हुने आयोजक कमिटीले जानकारी दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...