पर्सा प्रहरीद्वारा कटुवा पेस्तोल सहित दुई जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरिले दुई  जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बहुदरमाई नगरपालिका ९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

बुधबार बेलुकी १०:३० बजे चेकजाच गर्ने क्रममा पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका ५ कटिबलुवा बस्ने ४३ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका ९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । पक्राउ परेका निजहरू विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...