अजित कुमार भुजेल , बिरगंज । साउथजोन माबि र लिटिल फ्लावर माबि फाईनलमा प्रवेश गरेको छ ।
जिल्लाको बिपत ब्यवस्थापन कार्यालय पर्साको रंगशालामा सोमबार भएको `प्याब्सन जुनियर नक-आउट फुटबल प्रतियोगिता-२०८०´ मा सेमिफाइनल खेल सम्पन्न भएको छ।
पहिलो सेमिफाइनल खेलमा साउथजोन माविले सफल एकेडमीलाई २-० को अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।
सो खेलमा म्यान अफ द म्याच साउथजोन माबिका जर्सी नम्बर ३ का खेलाडी अक्सत सहनि घोषित भएका छन् ।
त्यसै गरि दोस्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर माबिले मनकामना माबि लाई २-० को अन्तरले पराजित गर्दै फाईनलमा आफ्नो नाम सुरक्षित राख्न सफल भएको छ।
उक्त खेलको म्यान अफ द म्याच लिटिल फ्लावर माबिका जर्सी नम्बर १२ का खेलाडी फरहान आलम घोषित भएका थिए ।
बुधबार तेस्रो स्थान र फाईनल खेल हुने खेल संयोजक शिव गुप्ताले जानकारी गराएका छन।