पत्रकारहरुका लागि आपतकालीन कोष स्थापना गर्ने महानगरको सराहनीय निर्णय

Date:

अजित कुमार भुजेल , बिरगंज । पत्रकारहरुका लागि आपतकालिन कोष स्थापना गर्ने बिरगंज महानगरपालिकाको सराहनीय निर्णय भएको छ ।

बिरगंज महानगरपालिका आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले पत्रकारहरुका लागि आपतकालीन कोष खडा गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न समितिको बैठकले यस्तो निर्णय गरेको हो । बिरगंजका श्रमजीवी पत्रकारहरुका लागि आपतकालीन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन कोष निर्माण गर्ने निर्णय भएको समितिका संयोजक ध्रुव अधिकारीले जानकारी दिए ।

बैठकले कोष खडा गर्ने सम्बन्धमा नगर प्रमुखसँग परामर्श गरी पारदर्शी रुपमा कोष सञ्चालनको कार्यविधि समेत बनाउने निर्णय गरेको छ ।

महानगरपालिकाले प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत तोकेको छ ।

बैठकले लोक कल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...