प्याब्सन टि-२० क्रिक्रेट प्रतियोगिताको तेस्रो दिनको खेलमा ओम नेशनल माबी र जीवन ज्योति माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो खेल मलिनी माबि र ओम नेशनल माबी बीच भएको थियो ।

मलिनी माबीले पहिलो ब्याडिङ्ग गर्दै १३.३ ओभरमा १० बिकेटको क्षतिमा ४९ रन बनाएका थिए भने जबाफी ब्याडिङ्ग गर्दै ओम नेशनल माबिले २.५ ओभरमा कुनै बिकेट नगुमाई ५० रन बनाई मलिनी माबीलाई पराजित गरेका थिए ।

सो खेलमा ओम नेशनल माबिका नितेष यादव म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि सोही दिनको दोस्रो खेल जीवन ज्योति माबी र माउन्ट एडमन्ड माबी बीच भएको क्रिक्रेट खेलमा जीवन ज्योति माबी बिजयी भएको छ ।

खेलमा जीवन ज्योति माबीले माउन्ट एडमन्ड माबीलाई ६१ रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ गर्दै जीवन ज्योति माबीले २० ओभरमा ४ बिकेटको क्षतिमा १९६ रन बनाएको थियो भने दोस्रो ब्याटिङ गर्दै माउन्ट एडमन्ड माबिले १७.३ ओभरमा पुरै बिकेट गुमाई १३५ रन बनाएका थिए ।

सो खेलको म्यान अफ द म्याच जीवन ज्योति माबिका अनिष रौनियार घोषित भएको प्रतियोगिता सन्योजक अमित आलोकले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...