बिरगंजमा १० करोडको लागतमा सुबिधा सम्पन्न बृन्दावन होटेल एन्ड रेस्टुरेन्टको उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा सुबिधा सम्पन्न होटेल वृन्दावन एन्ड फेमली रेस्टुरेन्ट खुलेको छ ।

बिरगंज वडा न.४ दुई नम्बर रोड , कन्या स्कुल सङै रहेको होटेल वृन्दावन होटेल १० करोडको लागतमा बनेको ५ तल्ले भवनमा ३० रुम रहेको होटेल सन्चालक पप्पु सरार्फले बताए ।

बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले सो होटेलको उद्घाटन गर्नु भएको थियो ।

ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुबिधा रहेको छ भने पहिलो तल्लामा रेस्टुरेन्ट , दोस्रो तल्लामा २ वटा ब्यान्केट हल पार्टी , १ वटा मिटिङ्ग हल कार्यक्रम गर्नु परेमा सो हल प्रयोग हुने होटेलका सन्चालक पप्पु सरार्फले जानकारी दिएका थिए ।

त्यसैगरि तेस्रो र चौथो तल्लामा बासबस्नको लागि सबै रुममा एसिको व्यवस्था गरिएको छ ।

एसि रुम नर्मल २२ वटा र स्विटस रुम ६ वटा रहेको छ । एसि नर्मल रुमको २२ सय त्यसमा नास्ता सहित ३० % छुट गरिएको भने एसि सहित स्विटस रुमको ६ हजारमा नास्ता सहित ३०% छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरि रेस्टुरेन्ट एन्ड बारमा पनि खाना , नास्तामा पनि २०% छुटको व्यवस्था गरिएको सन्चालक दिपु सरार्फले बताए ।

यो छुटको व्यवस्था आजको मिति देखि ६ महिना सम्मको लागि लागू हुने समेत बताए ।

यस होटेलमा प्रत्यक्ष रुपमा २८ जनाले रोजगार पाएको र आवस्यकता अनुसार अरुपनि रोजगार दिने सन्चालक सरार्फले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...