अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले जाडोमा कपडा बितरण गरेको छ ।
तराईमा केही दिनदेखि बढदै गएको चिसो तथा सितलहरका कारण जनजीवन कस्टकर बन्दै गएकोले त्यसलाई मध्य नजर गर्दै जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १० आदर्शनगर ग्रीनसिटी चौकमा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केंद्र आदर्शनगर-१० को आयोजनामा जाडो मौसममा विपन्न समुदाय टोलका मानिसहरू (डोम, चामार, दुसाद, मली) बस्तीका मानिसहरु तथा रिक्शा चालकहरूलाई समेत कपडा बैंकबाट २०० कपडा बितरण गरेको अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रममा, समाज सेवी, नागरिक समाज, तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा , सदस्य रतन टेमानी , राकेश अग्रवाल , चन्द्र अग्रवाल , समाजसेबि कमल चौगाई , ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका प्रहरी हवल्दार प्रेम राम समेतको सहभागीता रहेको थियो ।