ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा महिला हिंसा तथा घरेलुु हिंसा सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्श नगर ग्रीनसिटी चौकमा महिला हिँसा तथा घरेलु हिँसा सम्वन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी ग्रीनसिटी सामुदायिक सेवा केंद्र तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केंद्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षमा र प्रहरी चौकी आदर्श नगर वीरगंज पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगंजको सहयोगमा, नागरिक समाज , सरकारी गैर सरकारी तथा यस ग्रीनसिटी समुदायिक सेवा केन्द्र आदर्शनगर वीरगंज पर्साका पदाधिकारी हरूको उपस्थितमा महिला १८५ र पुरुष २१५ गरी जम्मा ४०० (चार सय) जना लाई  पर्चा पम्पलेट बितरण गरि सम्झाई बुझाई उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा ग्रीनसिटी सामुदायिक सेवा केंद्र तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केंद्रका अध्यक्ष जय प्रकाश खेतान , ग्रीनसिटी सामुदायिक सेवा केंद्रका उपाध्यक्ष सन्जय शर्मा , प्रहरी चौकी आदर्शनगरका प्रहरी बरिष्ठ नायव निरीक्षक मिग्जन लामा , प्रहरी वरिष्ठ हवल्दार छान्नु राम महतो , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका प्रहरी हवल्दार प्रेम राम समेतको उपस्थिति रहेको जय प्रकाश खेतानले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...