अल्पाईन कप -२०८० प्रतियोगिताको बिहीबार ९ औं खेलको पहिलो भएको खेलमा मिनिल्यान्ड माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । बिहीबार भएको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको पाँचौ दिनको ९ औं खेलमा पहिलो खेल मिनिल्यान्ड माबी बिजयी भएको छ ।

बिहीबार भएको पहिलो खेल मिनिल्यान्ड माबी र श्री दुर्गा माबी बीच भएको थियो ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा बिहीबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० पाचौं दिनको पहिलो  खेलमा मिनिल्यान्ड माबीले ५४ रनले श्री दुर्गा माबीलाई पराजित गर्दै बिजयी भएको थियो ।

मिनिल्यान्ड माबिले टस जितेर ब्याटिङ्ग रोज्दै १९.३ ओभर खेलेर १० बिकेट गुमाउदै १३३ रन बनाएका थिए भने १३४ रनको लक्ष्य पूरा गर्न ब्याटिङ गर्दै श्री दुर्गा माबीले १६.४ओभरमा पुरै  बिकेट गुमाई जम्मा ७९ रन जोडेका थिए ।

मिनिल्यान्डका  खेलाडी आकिल खान  म्यान अफ द म्याच घोषित भएका थिए । खानले ४ चौका र १ छ्क्का हानेर ५५ रन जोडेर  आफ्नो टिमलाई बिजयी बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...