आइतबार भएको दोस्रो खेलमा मेरिगोल्ड माबी बिजयी , आदित्य यादव म्यान अफ द म्याच घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । आइतबार भएको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा मेरिगोल्ड माबी  बिजयी भएको छ ।

प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिन आइतबार भएको दोस्रो खेल पिस जोन र मेरिगोल्ड माबि बीच भएको थियो ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा आइतबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० दोस्रो दिनको दोस्रो  खेलमा मेरिगोल्ड माबिले ५६  रनले पिस जोनलाई पराजित गर्दै बिजयी भएको थियो ।

मेरिगोल्ड माबीले टस जितेर ब्याटिङ्ग रोज्दै  १९.२ ओभर खेलेर १० बिकेट गुमाउदै १३३ रन बनाएका थिए भने  १३४  रनको लक्ष्य पूरा गर्न ब्याटिङ गर्दै पिस जोनले १३.३ ओभरमा आफ्नो सबै  बिकेट गुमाई जम्मा ७७ रन बनाउन सके ।

मेरिगोल्ड माबीका खेलाडी आदित्य यादव म्यान अफ द म्याच घोषित भएका थिए । उनले ३ ओभरमा १३ रन दिएर ३ बिकेट लिई आफ्नो टिमलाई बिजयी बनाउन  सफल भएकोले सो टफि प्रदान गरेको आयोजक कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...