२८६० औं सोनाम डुक ल्होछार महोत्सव बिरगंजमा हुने , सम्पुर्ण तयारीबारे पत्रकार सम्मेलन ।

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजमा २८६० औं सोनाम डुक ल्होछार महोत्सव कार्यक्रमको आयोजना हुने भएको छ ।

तामाङ समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ र टासी साङ्ग थार्वालिङ्ग बौद्ध गुम्बा वीरगन्जद्वारा यहि माघ २७ गते आयोजना गर्ने २८६० औ सोनाम ल्होछार कार्यक्रमको सम्पुर्ण तैयारी भैसकेको पत्रकार सम्मेलनमा सो  जानकारी गराउदै वीरगन्ज एवं आसपसका तामाङ एवं सम्पुर्ण समुदायलाइ सो कार्यक्रममा सहभागी भएर खुशियाली साटासाट गरि हर्षोउल्लासका साथ मनाउन निम्तो पनि प्रदान गरेका छन ।

यहि माघ २७ गते शनिबार बिहान ७ बजेदेखी १० बजे सम्म टासी साङ्ग थार्वालिङ्ग बौद्ध गुम्बा भिस्वा परिसरमा पुजाअर्चना गरिने कार्यक्रम रहेको छ र सो पश्चात् गुम्बा देखि आदर्शनगरस्थित पुरानो बसपार्क सम्म ल्होछार शोभायात्रा रैलिको आयोजना हुनेछ । शोभायात्रा पश्चात् कार्यक्रम स्थलमा डेढ घण्टाको मुख्य ल्होछारको पुजा ( दशाग्रहको ) पुजा हुनेछ सम्पुर्ण सहभागिहरुले सहभागिता जनाउन सकिनेछ ।

त्यसपछिको सांस्कृतिक तथा सम्मान कार्यक्रम दिउँसो २ बजे देखि साझ ६ बजे सम्म हुनेछ । समुदायको सांस्कृतिक पहिचानको अभिन्न अङ्ग भएका परम्परागत नृत्य एवं गितहरु प्रस्तुत गर्ने तामाङ सांस्कृतिक कार्यक्रममा सहभागीहरुलाइ मन्त्रमुग्ध पारिनेछ जसमा मुख्य केन्द्रबिन्दु बोनपो र ताम्बा कलाकारहरुको मनमोहक प्रस्तुतीकरण हुनेछ ।

सो अवसरमा विभिन्न परम्परागत परिकार सहित विभिन्न खानाका स्टलहरु उपलब्ध गराइनेछ जसमा सहभागी दर्शकरुले खरिद गरि स्वाद लिदै रमाउने अवसर प्रदान गरिएको छ । साथै सो कार्यक्रममा गुम्बा र तामाङ समुदायमा उल्लेखनीय योगदान पुर्याएका प्रतिष्ठित ब्यक्तित्वहरु लाई सम्मान पनि गरिनेछ ।

नेपाल तामाङ छेदुप वीरगन्ज महानगरका अध्यक्ष मनोज लामाको अध्यक्षतामा वीरगन्ज पब्लिक कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक नेपाल तामाङका कोषाध्यक्ष शन्नि पाख्रीन,नेपाल तामाङ घेदुपका पर्सा जिल्ला सचिव छेदुप लामा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका,नेपाल तामाङ घेदुङ्ग बिरगंज महानगर पालिका अध्यक्ष मुकेश लामा, सदस्यहरु सागर लामा ,बिजय लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका मधेस प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर ,  पर्सा अध्यक्ष अजित भुजेल , थारु पत्रकार पर्साका अध्यक्ष शम्भु महतो थारु,जगत राई लगायत पत्रकारहरुको सहभागिता रहेको सो पत्रकार सम्मेलनमा छेदुप लामाले महोत्सव कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो भने
<span;>कार्यक्रमको सहजीकरण फोनिज पर्साका सचिव पत्रकार राम मण्डलले गरेका थिए ।

वीरगन्जमा तामाङ समुदायले प्रत्येक बर्ष ल्होछार पर्व मनाउदै आइरहेको भएतापनी यश बर्ष भने सार्वजनिक रुपमा भव्य र सभ्य रुपले मनाउने जमर्को गरिएकोले सोनाम ( डुक) ल्होछार महोत्सवमा सहभागी भै सामुहिक रुपमा मनाउन सम्पुर्ण समुदायका ब्यक्तितब एवं  शुभचिन्तकहरुलाई आयोजकको तर्फबाट कार्यक्रम संयोजक सन्नी पाख्रीनले हार्दिक आग्रह सहित आमन्त्रित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...