प्रथम अल्पाईन क्रिक्रेट कप -२०८० बिरगंजमा माघ २७ गते देखि फागुन १९ गते सम्म हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । अल्पाईन क्रिकेट कप २०८० प्रतियोगिता  बिरगंजमा हुने भएको छ ।

बिरगंज क्रिक्रेट खेलको उर्भरा क्षेत्र भएकोले राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल यस खेलले भबिस्यमा रोजगारको  शिर्जना गर्ने भएकोले खेलाडीको आत्मसम्मानको लागि यो टुर्नामेन्ट गर्न लागेको पत्रकार सम्मेलनमा सो जानकारी गराएका थिए ।

बिहीबार अल्पाईन स्कुलको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरि यहि माघ २७ गते  शनिबार देखि फागुन १९ गते सम्म बिरगंजको नारायणी रंगशालामा क्रिक्रेट प्रतियोगिताको आयोजना हुने र सो प्रतियोगितामा वीरगञ्ज महानगरका अल्पाईन, मिनीलेन्ड, विपिएस, पीसजोन, ग्लोबल, बाल एकता, पर्सा म्यानेजमेन्ट, डेसिमल, मेरीगोल्ड, ममता माध्यमिक विधालयगरी १६ वटा निजी बिधालयहरुको सहभागितामा हुने जनाएको थियो ।

प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता वीरगञ्जको नारायणी रँगशालामा आयोजना हुने कार्यक्रम संयोजक बिनोद उपाध्यायले बताए ।

यस प्रतियोगितामा पर्सा क्रिकेट संघ लगायत क्रिकेटसंग सम्बन्धित निकायको पनि उपस्थीति रहने अल्पाईन स्कुलका क्रिकेट कोच कलामुदिन अंसारीले जानकारी दिए। ।

प्रतियोगिताको कुल लागत ६ लाख रहेको र प्रत्येक स्कुलका टिमको ईन्ट्री चार्ज २० हजार रहेको आयोजकले जानकारी दिएको छ ।

१६ टिमबाट ३ लाख २० हजार आम्दानी हुने र बाकी सम्पुर्ण खर्च स्वयम् अल्पपाईन स्कुलले बेहोर्न पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

पहिले ८ टिम मात्र सहभागिता हुने प्रतियोगिता १२ हुँदै १६ टिमले भाग लिएको र १२ टिनलाई विभिन्न १२ कलेजले ट्राक सुट निसुल्क सहयोग गरेको र खेल अवधी खाजा , मेडिकल र सुरक्षाको समेत व्यवस्था गरिएको बताए ।

प्रत्येक दिन दुई खेल हुने र खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको टफि दिने समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक उपाध्यायले जानकारी दिनुभयो।

सो अवसरमा क्याम्पसका क्रिकेट खेलाडीहरु, अन्तराष्ट्रिय अम्पायर हिरालाल यादव, बासु कर्ण लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रम संचालन फोनिज पर्साका सचिव पत्रकार राम मण्डलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...