प्याब्सन टि-२० क्रिक्रेट प्रतियोगिताको उपाधी मनकामना माबीलाई , सेकेन्ड रनरअप एमईएस माबी र तेस्रो स्थान साउथ जोन माबि

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिता २०८० को १५ औं दिन शनिबार भएको फाईनल खेल मनोकामना माबि र एमईएस माबी बीच भएको थियो ।

फाईनल खेलमा मनोकामना माबीले एमईएस माबिलाई २४ रनले हराएर प्रथम स्थान हाशिल गर्न सफल भएका थिए ।

मनोकामना माबिले टस जिति पहिलो ब्याटिङ्ग रोज्दै २० ओभरमा ९ बिकेटको  क्षतीमा १५३ रन बनाएका थिए भने दोस्रो ब्याटिङ गर्दै एमईएस माबिले १८.३ ओभरमा आफ्नो सबै बिकेट गुमाउदै जम्मा १२९ रन बनाएका थिए ।

सबै भन्दा बढी रन बनाउने मनकामना माबिका खेलाडी सन्नि कुशवाह म्यान अफ द म्याच घोषित भएका थिए । कुशवाहले मनकामना माबीलाई जिताउन एक्लैले सर्वाधिक ७२ रनको योगदान दिएका थिए।त्यसैगरी म्यान अफ द सिरिज मनोकामना माबिका खेलाडी रोबिन कुम्हाल , बेस्ट बलर पनि मनकामना माबी कै खेलाडी रोबिन कुम्हाल नै भएका थिए । बेस्ट ब्याड्सम्यान एमईएस माबिका एमडि रेहान र बेस्ट किपर ओम नेशनल एकेडेमीका मानन्धर कुशवाह घोषित भएका थिए ।

त्यसैगरी दोस्रो स्थान एमईएस माबी  र तेस्रो स्थान साउथ जोन माविले प्राप्त गरेको छ ।

तेस्रो स्थानको लागि भएको खेलमा गौतम माविलाई हराउँदै साउथ जोनले तेस्रो स्थान पक्का गरेको थियो । खेलका विजेता टिमलाई वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले शिल्ड तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताको समापन सत्रमा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र प्याब्सन नगर अध्यक्ष आलोक चौरसियाको सन्युक्त अध्यक्षतामा तथा  वीरगंज महानगरपालिकाका उपप्रमुख इतियाज आलमको प्रमुख आतिथ्य भएको सो कार्यक्रमका बिशिस्ट अतिथि बिरगंज महानगर पालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण , मधेस प्रदेशका निति तथा योजना आयोगका सदस्य डा. हरि शंकर साह , प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा , मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष श्याम केसि , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) का केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कृष्ण उदास खनाल , एन प्याब्सन पर्सा अध्यक्ष रामराज श्रेष्ठ , फोनिज पर्साका अध्यक्ष अजित भुजेल , प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम , प्याब्सन मधेस प्रदेशका सदस्य ईमामुदिन अहमद , पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, शिव गुप्ता , सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराई , वडा न.३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार , एपि वन टेलिभिजनका अशोक तिवारी , रेडियो बिरगंजका उज्वल घिमिरे , पत्रकार संतोषमान रन्जितकार , जगत राई , मुनेश लायो मगर ,  सरसफाइ प्रमुख सर्फुदिन मिया ,  बिरगंज युवा समाजका पुर्व अध्यक्ष एवं समाजसेबी कमल चौगाई , बिरगंज युवा समाजका अध्यक्ष सन्जिव थापा, पर्सा फुटबल संघका अध्यक्ष अनिल कलवार , क्रिक्रेटका राष्ट्रिय ईम्पाएर बासुदेवलाल कर्ण , मधेस प्रदेशका पुर्व क्रिक्रेट कोच प्रकाश शर्मा , पर्सा रेफ्रि संघका अध्यक्ष अर्जुन गुप्ता , युवा नेता लियाकत अलि  त्यसैगरी प्याब्सनका सचिव राहुल श्रीवास्तव, सहसचिव बिरेन्द्र यादव , अशोक संग्रौला लगायतका प्याब्सनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

खेलको मध्यानसम्म मनकामना माविका  टिमले कुनै पनि बिकेट लिन नसकेपछी खेलाडीहरु हार्ने अवस्थामा हुदा  दबाब रहेका अन्ततिर आएर खेललाई सम्हाल्दै एकपछी एक बिकेट लिदै १८.३ ओभरमा सबै बिकेट ढाल्दै १२९ रन मै सिमित राखेर २४ रनले बिजयी भएका थिए । मनकामना माविका प्रिन्सिपल समेत रहेका प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले मनकामना माबिले जिते  खेलाडीहरुलाई ५० हजारको राशी पुरस्कार स्वरुप दिने घोषणा गरेपछि झनै  उत्साहित भएका बिधार्थी खेलाडीहरुले मनकामना माबीको जित सुनिश्चित पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...