नागरिक समाजद्वारा मेयर सिंहको समर्थनमा वृहत नागरिक रैली

Date:

अजित कुमार भुजेल ,  बिरगंज । महानगरको बिकाशको लागि नागरिक समाजद्वारा नगर प्रमुख राजेश मान सिंहको समर्थनमा बृहत नागरिक  रैलीको आयोजना गरेको थियो ।

आज बिहीबार बिरगंजको लाल बङ्गलाबाट निस्किएको रैली बिरगंज परिक्रमा गरि घन्टाघरमा आई कोण सभामा परिणत भएको थियो ।

हजारौंको संख्यामा निस्किएको रैलीले बिकास बिरोधि , दलाल , भुमाफिया , भस्टचारि होसियार , काम गर्नेको बिरोध नगरौ , काम गर्न देउ , आजलाई होईन भोलीलाइ सोचौ , बिरगंजको आन, मान, शान राजेशमान , चरित्र हत्या पाईदैन , राजनैतिक रिसइबी  साध्नको लागि मेयरलाई फसाउन पाउदैन । विपक्षीले झुठो नागरिकता मुद्दा  लगाएको भन्दै आफै अदालत , आफै न्यायाधीश र आफै अख्तियार बनी फैसला नगर्न र बैभव बिरगंज अभियानमा साथ दिन सम्पुर्ण बिरगंजबासीले शान्तिपुर्ण रैली निकालेका थिए ।

अघि बढ राजेशमान जनता तिम्रै आसमा छन् , नेतुत्व परिवर्तन भयो , फोहरी चित्र सुध्रियो । भुमाफिया होशियार , अतिक्रमीत जग्गा फिर्ता गर ,गतिशील नेतुत्व परिवर्तन नगर । धेरै आए बोल्ने , बल्ल पाईयो काम गर्ने , सार्वजनिक सम्पत्ति मिच्न पाईदैन दलाली राजनैतिक चाहिदैन जस्ता लेखिएको प्लेकार्ड बोकि नगरबासी मेयर राजेशमान सिंहको  समर्थनमा रैलि निकालिएको थियो ।

रैलिमा नागरिक समाजका अगुवाहरु , बुद्धिजिबि , शिक्षक , विभिन्न राजनैतिक संगठनका प्रतिनिधिहरु , बिरगंज महानगर पालिकाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...