मकवानपुर सामुदायिक प्रहरी सेवा केन्द्र , पशुपतिनगरले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भैइ आउनु भएको डिआईजी बिष्णु कुमार केसीको स्वागत

Date:

अजित कुमार भुजेल , बिरगंज । मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले र्भखरै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा भइ आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु कुमार केसीलाई स्वागत गरेको छ ।

बिहिबार  कार्यक्रमको आयोजना गर्दै मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले बागमती प्रदेश प्रहरी कार्यालयका  प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु कुमार केसीलाई स्वागत गरेको हो ।

केन्द्रका अध्यक्ष राम बिष्टको अध्यक्षतामा भएको स्वागत तथा परिचयात्मक कार्यक्रमलाई  सम्बोधन गर्दै डिआइजी केसीले शान्ति सुरक्षा लगायत समाज परिवर्तनमा प्रहरी मात्रको एकल प्रयासले सम्भव नहुने भएकोले नागरिकको सहभागीता अपरिहार्य भएको बताएका छन् ।

साथै सामुदायिक सेवा केन्द्र मकवानपुरले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्दै केन्द्रसँग बागमती प्रदेश प्रहरी कार्यालय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरुवा भएकाका प्रहरी नायब महानिरीक्षक ,  समुदाय प्रहरी साझेदारीका जिल्ला सहसंयोजक एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल ,सशस्त्र प्रहरी १४ नं. गणका प्रहरी नायव उपरीक्षक सुबास केसी ,जिसस मकवानपुर पुर्व प्रमुख तथा मानार्थ सदस्य रघुनाथ खुलाल, सिताराम बर्तौला,प्रकाश पौडेल ,जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि ,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रतिनिधि ,केन्द्रका पदाधिकारी लगायतको  उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...