बुधबार भएको क्रिक्रेट टि-२० प्रतियोगिताको पहिलो खेलमा गौतम माबी र दोस्रो खेलमा मनकामना माबी बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको १२औं  दिन बुधबार पहिलो खेल गौतम माबी र न्यु वेभ माबी बीच भएको थियो ।

गौतम माबिले न्यु वेभ माबीलाइ ५१ रनले पराजित गरेका थिए । न्यु वेभ माबीले टस जितेर फिल्डिङ्ग रोजेका थिए भने गौतम माबिले पहिलो ब्याडिङ्ग गर्दै २० ओभरमा ८ बिकेटको क्षतीमा ११० रन बनाएका थिए ।

जबाफी ब्याटिङ्ग गर्दै न्यु वेभ माबिले १९.२ ओभरमा १० बिकेटको क्षतिमा जम्मा ५९ रन बनाएका थिए । ५१ रनले गौतम माबी बिजयी भएको छ  ।

सो खेलमा गौतम माबिका अनुज ठाकुर  म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि दोस्रो खेल मनोकामना माबी र   गोल्डेन फ्युचर माबी बीच भएको खेलमा  मनकामना माबीले ११४ रनले गोल्डेन फ्युचरलाई पराजित गरेका थिए ।

गोल्डेन फ्युचरले १६.४ ओभरमा पुरै १० बिकेट खेल्दै जम्मा ६० रन बनाएका थिए ।  मनकामना माबीका रोबिन कुम्हाल म्यान अफ द म्याच घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...