अजित कुमार भजेल , बिरगंज । बुधबार भएको जुनियर फुटबल प्रतियोगिताको फाईनल खेलमा साउथ जोन माबी बिजयी भएको छ ।
साउथ माबी र लिटिल फ्लावर माबी बीच आज भएको फाईनल खेलमा २-१ ले साउथ जोन बिजयी भएको थियो ।
साउथ जोनका खेलाडी रितिक चौधरीले पहिलो हाफमा एक गोल गरेर अग्र स्थानमा रहेको थियो भने साउथ जोनले दोस्रो हाफमा अग्रता जोगाउन सकेको थिएन । दोस्रो हाफमा लिटिल फ्लावरका साहिल आलमले एक गोल फर्काएपछि खेल १-१ गोलले बराबर भैइ प्रतिस्पर्धा खेल भएको थियो ।
खेलको दोस्रो हाफको अन्तिम तिर साउथ जोनका आयुष चौरसियाले एक गोल गरेपछि २-१ ले अगाडि रहेका साउथ जोन माबीको जित सुनिश्चित भएको थियो । फाईनल खेलको म्यान अफ द म्याच साउथ जोनका राहुल पन्जियार घोषित भएका थिए ।
त्यसैगरि प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलको उपाधि मनकामना माविले पाएको थियो । बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा सफल एकेडेमीलाई १–० ले पराजित गर्दै मनकामना तेस्रो भएको हो । यस खेलको म्यान अफ द म्याच मनकामनाका प्रिन्स मगर घोषित भएका थिए ।
खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका साउथ जोनका अंकित महतो बेस्ट डिफेन्डर, सफल एकेडेमी विकेन्द्र चौधरी बेस्ट गोलकिपर, लिटल फ्लावरका सन्देश घले बेस्ट मिड फिल्डर र साउथ जोनका रितिक चौधरी १५ गोल गरि सर्वाधिक गोलकर्ता घोषित भएका थिए। ।
जिल्ला बिपद व्यवस्थापन कार्यालय पर्साको रंगशालामा आठौ दिन बुधबार भएको प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता २०८० को फाईनल खेलको समापन भएको छ ।
प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षतामा तथा बिरगंज महानगर पालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्णको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मधेस प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कृष्ण उदास खनाल , फोनिज पर्सा अध्यक्ष अजित भुजेल , पत्रकार जगत राई , संतोषमान रन्जितकार , उज्वल घिमिरे , दिनानाथ रौनियार , मनोज भट्टराई , बिपद व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ , प्याब्सनका केन्द्रिय सदस्य , मधेस प्रदेश अध्यक्ष , उपाध्यक्ष , सदस्य , प्याब्सन जिल्ला पदाधिकारी , नगर अध्यक्ष आलोक चौरसिया, कार्यक्रम संयोजक शिव गुप्ता लगायतको उपस्थिति रहेको थियो ।