प्रेस सेन्टर नेपाल अरु संगठन भन्दा तुलात्मक र सकारात्मक सक्रिय संगठन हो:- प्रधानमन्त्री प्रचण्ड

Date:

अजित कुमार भुजेल , बिरगंज । देशको विभिन्न भागमा जादा सबैभन्दा बढी संगठनको चर्चा गर्दा तुलात्मक र सकारात्मक सक्रिय संगठन कुन छ भने   प्रेस सेन्टर नेपाल छ भन्ने पाएको  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताउनु भयो ।

२० औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल केन्द्रिय समितिले वीरगंजमा आयोजना गरेको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको २१ औं  शताब्दी बिज्ञान प्रबिधिको त्यसमा पनि सूचना प्रबिधिको यति धेरै प्रगति भएको युगमा हामिले हिजो लोटेकको प्रयोग गरेर हाईटेकको विरुद्ध लड्ने जनयुद्धको बेलामा त्यतीबेला लोटेक नसिकेको भए हाईटेकका विरुद्ध प्रतिवाद गर्न सकिने थिएन भन्दै प्रचण्डले तर अहिले आईटि सेक्टरमा डिजिलाईजेशनको आजको युगमा फेरि हामिले हाईटेकलाई हाम्रो बर्गको निम्ति , बिचारको पक्षमा हाम्रो लाईन र लिडरसिपको पक्षमा कसरी प्रयोग गर्ने भन्ने कुरामा हामिहरु सिपालु हुनैपर्छ । हामिले डिजिलाईजेशनलाई विशेषतालाई आईटीका विशेषतालाई बुझ्नैपर्ने यो ठाउँ आईपुग्दा युग नै एउटा परिवर्तन भैइ सकेको बताए ।

त्यसैगरि अर्को वर्षदेखि बजेट तथा नीति निर्माण प्रक्रियामा  आमुल सुधार गर्न  लागेको बताएका हुन् । उनले अब मेरो ध्यान यो पटक नीति तथा कार्यक्रम तथा बजेटतर्फ केन्द्रित रहने र अब जनताको सहभागिता गराएर बजेट बनाउने तयारी गरेको बताए । जनताबाट आएको सुझावहरुलाई नीति तथा कार्यक्रममा समेटिने उनको भनाई छ ।

गत सालको नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा नभएको भन्दै अब अर्को वर्षदेखि नीति तथा कार्यक्रमको सवालमा जनतामा पहिला बहस चलाउने बताए । बजेट ल्याउने प्रकृति र प्रक्रियाबाट बदलेर जनताको पक्षमा आमुल परिवर्तन ल्याउने तयारीमा रहेको उनको भनाई छ ।

बजेट निर्माणको सवालमा पनि यही प्रक्रिया अपनाइने बताए । बजेटको सवालमा पनि नीति तथा कार्यक्रम जस्तै प्रक्रिया अपनाएर सबैको राय सल्लाह लिएर लोकतान्त्रिक बजेट बनाइने दाबी गरे । ३ करोड भन्दामाथिको बजेट संघले हेर्ने र त्यसभन्दा कमका बजेट प्रदेश र स्थानीयलाई दिइने तयारी पनि गरिएको प्रचण्डको भनाई थियो ।

यसको साथसाथै पुराना योजना प्राथमिकतामा राखेर पूरा गर्नेतर्फ पहिलो जोड हुने र जनतालाई प्रत्यक्ष फाइदा हुने गरी बजेट निर्माण गर्ने योजना रहेको उनको भनाई थियो ।

उनले सिलिङ तोक्ने सवालमा पनि सबै मन्त्रालयहरुको सल्लाह अनुसार तोक्ने सरकारले आफ्नो ध्यान केन्द्रित गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले देशमा रुग्ण भएर बसेका उद्योगहरुलाई सञ्चालन गर्ने सवालमा पनि केही ठोस निणर्य भएकोले केही सातामा जनताको यसको परिणाम देख्न सक्ने बताए ।

साथै प्रधानमन्त्री प्रचण्डले सोशल मिडियामा नकारात्मक प्रभाव बढी भएको भन्दै त्यसको प्रयोग गरि बिचार विरुद्ध , परिवर्तनका विरुद्ध , प्रगतिका विरुद्ध बदनाम गर्ने एउटा प्रबृति , एउटा तत्व त्यसमा लागि नै रहेकोले त्यसको विरुद्ध प्रतिवाद गर्न प्रेस सेन्टर नेपाल अग्रपन्तीमा रहेको बताए ।

त्यसैगरि बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले पित पत्रकारिता गरेको भन्दै दु:ख व्यक्त गर्दै अहिलेका केही पत्रकार आफै अदालत , आफै न्यायाधीश र आफै अख्तियार बनेर निर्णय गरेकोमा यस्ता पत्रकारहरुको ध्यान दिनुपर्ने आवस्यक रहेको सो कार्यक्रममा बताए ।

बिरगंज महानगर पालिकाले जहिले पनि पत्रकारहरुको हकहितको लागि काम गरेको र पत्रकारहरुको लागि पेन्सनको व्यवस्था , आपतकालीन राहतकोषको स्थापना गरेको भन्दै राम्रो काम गरेकोलाई राम्रो र नराम्रो काम गरेकोलाई नराम्रो भन्न् सक्नु पर्ने बताए ।

त्यसैगरि मेयर सिंहले स्थानीय तहमा कर्मचारीको अभाव भएको भन्दै त्यसलाई बेलैमा ध्यान दिन र बिकास निर्माणका काम समय मै नसक्ने ठेकेदारलाई कानुनी कार्वाहीको दायरामा ल्याउन सरकार सङ्ग माग गरेका थिए ।

बिरगंजको नगर सभागृहमा सोमबार प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा ( जुगल) को अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड ) ले उद्घाटन गर्नु भएको थियो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष लीलामणि पोखरेल , पार्टीका  मधेस प्रदेश ईन्चार्ज मातृका प्रसाद यादव, बारा जिल्लाका सान्सद किसान श्रेष्ठ , बिरगंज महानगर पालिका मेयर राजेशमान सिंह , जितपुर सिमरा उपनगरपालिका मेयर , उद्योग बाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष , जिल्ला अध्यक्ष , होटेल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त  लगायत प्रेस सेन्टर नेपालका केन्द्रिय समितीका पदाधिकारीहरु , प्रदेश पदाधिकारीहरु र जिल्ला पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

१० जना पत्रकार आजै प्रेस सेन्टर नेपालमा प्रवेश गर्नु भएको थियो । प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटाले टीका माला लगाएर स्वागत गर्नु भएको थियो ।

त्यसैगरि सो कार्यक्रममा प्रेस सेन्टर नेपाल  मधेस प्रदेश कै उत्कृष्ट पत्रकार पर्साका निरज पिठाकोटे मगर र  उत्कृष्ट कार्यक्रम व्यवस्थापन गरे बापत पर्सा अध्यक्ष दिपक गौतमलाई नगद सहित सम्मानपत्रले सम्मानित गरिएको थियो ।

स्वागत मन्तव्य प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले र कार्यक्रम सन्चालन केन्द्रिय महासचिव संतोष पौडेलले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...