हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्रन्द फैलाउने तत्वको पहिचान गरि कार्वाही गर्न पर्साका मुस्लिम समुदायको माग

Date:

अजित कुमार भुजेल , बिरगंज । सामाजिक सद्भाव बिथोल्ने तत्वको पहिचान गरी कारवाही गर्न पर्साका मुस्लिम समुदायले माग गरेका छन् ।

पर्साका मुस्लिम समुदायले सोमवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो।

परापूर्व समयदेखि शान्तीपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भावलाई बिथोल्न केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिय भएको ज्ञापन पत्रमा उल्लेख छ।

केही दिनदेखि धार्मिक जुलुश, निकाल्ने क्रममा उच्छृङ्खल गतिविधि गर्ने, मुस्लिम टोल तथा मस्जिद, मदर्सा तथा कब्रस्तानहरुमा जुत्ता चप्पल लगाई भित्र प्रवेश गर्ने, धाक धम्की दिने जस्ता कार्यहरु भएको भन्दै ज्ञापन पत्रमार्फत आपत्ती जनाइएको छ।

धार्मिक सहिष्णुता र भाइचारामा खलल पुग्ने कार्य गर्ने व्यक्तिलाई कारवाही गर्न ज्ञापन पत्रमार्फत मुस्लिम समुदायले ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भ्रम फैलाउने तथा धार्मिक द्वन्द्व भड्काउने कार्य गरीरहेको भन्दै हिन्दु युथ अफ वीरगञ्ज र हिन्दु युथ अफ छिपहरमाई नामक पेज चलाउने व्यक्तिको पहिचान गर्न पनि ज्ञापन पत्रमार्फत कारवाही गर्न माग गरिएको छ।

साथै उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा पनि यि दुई पेजविरुद्ध उजुरी दर्ता गरेका छन् । ज्ञापन पत्र बुझाउन जफर अंसारी, मेहबुब अलि, अब्बास मंसुरी, आबिद हुसेन, मौलाना अलि असगर मदनी, जालिम मिया, मौफाना गुलामे मुस्तफा, हाजी ग्यासुदीन ठकुराइ, रेहाज अहमद, फैयाज अहमद, कारी अतिउल्लाह, खुशमहम्मद मिया लगायतको उपस्थिती रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...