सवारी दुर्घटना न्यूनीकरण गर्न सामुदायिक सेवा केन्द्र छ्पकैयाद्वारा साईकलमा स्टिकर टास कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । सवारी दुर्घटना न्यूनीकरण गर्न साईकलमा स्टिकर टास्ने कार्यक्रम सम्पन्न भएको छ ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनमुलक कार्यक्रम अन्तर्गत साईकलमा स्टिकर टासने र त्यसबाट आम नागरिक सचेत हुने भएको हुदा सो स्टिकर टास गरिएको सामुदायिक सेवा केन्द्र छ्पकैयाका अध्यक्ष हाजी ग्यासुदीन ठकुराईले पर्सा पोस्टलाई जानकारी गराउनु भयो ।

बिरगंज महानगरपालिका वडा नं.२ स्थित ईदगाह चोक सवारी दुर्घटना न्युनिकरण गर्नका निमित अन्दाजी १०० ओटा साईकलहरुमा स्टिंकर टाँस गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा समिति कार्यालय वडा नं.२ का वडाध्यक्ष रेयाज मियाँ तेलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य बसिर मियाँ हजाम , लतिप मियाँ अंसारी, वडा सचिव  शेख काशिम , सामुदायिक सेवा केन्द्रका सचिव प्रविण बिक्रम शाह , स्थानियहरु मोन्ताज मियाँ चुरिहार, अफरोज आलम, मुकेश गुप्ता , म.सलमान शेख , सामुदायिक प्रहरीका प्रहरी हवल्दार  देवेन्द्र कुमार पटेल , प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...