सामसुङ्ग कम्पनीको ३ मोडलका नया फोन बिरगंजमा लन्च

Date:

अजित कुमार भुजेल , बिरगंज। सामसुङ्ग  कम्पनीको नया मोडेल बजार आएको छ ।

कम्पनीले ३ मोडेलका मोबाइल लन्च गरेको छ । बिरगंजको  होटेल लर्डस दियालोमा मंगलवार एक कार्यक्रम बीच कम्पनीका ट्रेनर टिमोन सिल्पकारले मोबाईलको लन्च गर्नु हुँदै सो मोडेलका मोबाईलबारे जानकारी गराएका थिए ।

S24  8+256 GB , S24 plus  12+ GB र S24 ultra  12+512 GB , 12+256 GB को मोबाईल लन्च गरेको सो कार्यक्रममा जानकारी दिनुभयो।

यस मोडेलको विशेषता भनेको ३० भाषामा लाईभ ट्रान्लेट गर्ने भएकोले बिश्वको कुनै देशमा जानू परे पनि भाषाको समस्या नहुने , आफुले बोलेको कुरा वा अरु देशका भाषा सजिलै डाईरेक्ट भाषा ट्रान्सलेट हुने एपको समेत सुबिधा भएको ट्रेनर सिल्पकारले बताए।
आल्मुनियम बडि भएको सो मोबाइल क्यामराको जुमिङ्ग राम्रो रहेको र टाढा भएका फिचर नजिकबाटै हेर्न मिल्ने , फोटो खिच्न सकिने , २०० मेगापिक्चर भएको सो मोबाइल ४ कलरमा उपलब्ध भएको र सो मोबाईलको साईज ६.२” देखि ६.७” सम्म भएको फुल हाई क्वालिटी डिस्प्ले भएको र लामो लामो  पर्जेन्टेन्शनलाई सानो भन्दा सानो भाषामा आवस्यक अनुसार सानो गर्न यसले मद्दत पुग्ने सो कार्यक्रमना जानकारी गराईएको थियो ।

मोडेल अनुसार यसको मुल्य नेरु.१,१९, ९९९/- , १,४२,९९९/- , १,९९,९९९/- र १,८४,९९९/- रहेको छ ।

यो मोडेलको मोबाईल ग्राहकको आवस्यकतालाई मध्य नजर गर्दै  किस्ताबन्दीमा पनि उपलब्ध गराउने र आफ्नो मोबाईल सङ्ग साटन पनि सक्ने व्यवस्था गरेको सो कार्यक्रममा जानकारी गराईएको थियो ।

किस्ताबन्दीको लागि मोबाईलको मुल्यको ४०% नगद र बाकी किस्ताबन्दीमा उपलब्ध गराउने र त्यसको लागि नेपाली नागरिकताको फोटोकपी , पासपोर्ट साईजको दुई फोटो र एक ग्यारेन्टी आवस्यक रहेको ग्यारेन्टी बस्ने व्यक्तिको पनि नागरिकता र पासपोर्ट साईजको दुई फोटो अनिवार्य रहेको र  किस्ता बापतको रकम समयमा नबुझाए मोबाईल अटोमेटिक लक हुने  र आफ्नो मोबाईल साटन चाहने व्यक्तिले सो मोबाईलको बिलबिजक सहित उपस्थित हुन वा बिल बिजक नहुनेहरुको लागि कम्पनीको सम्झौता कागजमा आफ्नो मन्जुरी सहितको बिवरण भरी मोबाईल लिन सक्ने प्राबधान रहेको सो कार्यक्रममा कम्पनीका प्रतिनिधिले जानकारी गराएका थिए ।

सो कार्यक्रममा samsung कम्पनीका बारा, पर्सा , रौतहट , मकवानपुर र जनकपुरका बिक्रेताहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...