अजित कुमार भुजेल , कैलाली । धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् ।
व्यापार व्यवसायमा मन्दी तथा बैंकको बढदो ब्याजदर र दैनिक खर्च ध्यान्न धौधौ भएकोले दिनानुदिन व्यापारी , व्यवसायिहरुले आत्महत्या गर्ने गरेका छन् ।
त्यसैगरि कैलाली जिल्लाको धनगढी नगर पालिका बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बुधबार बिहान करिब ११:२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो ।
कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए । अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए।
व्यापारी अग्रवालले किन हाम्फाले भन्ने बारे अनुशन्धान भैई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिनुभयो ।
छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए ।
शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा समेत रहेको प्रहरी स्रोतले जनाएको छ ।