अजित कुमार भुजेल , बिरगंज । आजको फुटबल खेलमा नवदिप एकेडेमि , सनसाईन माबी र मनकामना माबी बिजयी भएको छ ।
बिरगंजको बिपत ब्यवस्थापन कार्यालय पर्साको रंगशालामा भएको चौथो दिन बुधबार भएको प्याब्सन जुनियर नक-आउट फुटबल प्रतियोगिता-२०८० मा आज तीन खेल भएको छ।
चौथो दिन बुधबार पहिलो खेलमा नवदिप एकेडेमीले ओमनेशनल माविलाई ३-० को अन्तरले पराजित गरेको थियो ।
सो खेलमा म्यान अफ द म्याच नवदिप एकेडेमीका जर्सी नम्बर ७ का अकलेश ठाकुर घोषित भएका छन् ।
त्यसै गरि दोस्रो भएको खेलमा सनलाईट माविले ज्ञान्दा एकेडेमीलाई १-० ले पराजित गरेको छ । सनसाईन माबिका जर्सी नम्बर ६ का खेलाडी शत्रुघन म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यसैगरि आजै भएको तेस्रो खेलमा मनकामना माविले गुरुकुल एकेडेमी माविलाई ८-० को भारी गोलको अन्तरले पराजित गरेको फुटबल खेलका खेल संयोजक शिव गुप्ताले जानकारी दिनुभयो।
मनकामना माबीका जर्सी नम्बर १० का खेलाडी प्रिन्स मगर घोषित भएका थिए । मगर एक्लैले ६ गोल गरेका थिए ।
मगरलाई म्यान अफ द म्याचको ट्रफि प्याब्सन पर्साका उपाध्यक्ष सरोज चौधरीले दिनु भएको थियो ।