महिला , बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन , ” पीडितमैत्री सेवा विस्तारमा पर्सा प्रहरीको नयाँ पहल “

Date:

पर्सा पोस्ट, बैशाख ३० गते, वीरगञ्ज ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की को प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” को नवनिर्मित भवन समुद्घाटन गरिएको छ। उक्त भवन FCDO-UK को आर्थिक सहयोग तथा UNOPS द्वारा सञ्चालित Security and Justice Program (SJP) अन्तर्गत निर्माण गरिएको हो।

करीब दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त सेवा केन्द्र “महिला र बालबालिकाका लागि न्याय र संरक्षण सेवाहरूमा पहुँच सुदृढ गर्दै” भन्ने उद्देश्यका साथ स्थापना गरिएको जनाइएको छ। नयाँ भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित, गोपनीय, सहज तथा पीडितमैत्री वातावरणमा सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

समारोह राष्ट्रिय गान तथा दीप प्रज्वलनसहित औपचारिक रूपमा शुभारम्भ गरिएको थियो। कार्यक्रममा सुरक्षा निकाय, न्यायिक क्षेत्र, स्थानीय तह, सामाजिक संघसंस्था तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पर्सा जिल्ला देशकै प्रमुख आर्थिक तथा राजस्व संकलन हुने संवेदनशील नाका भएकाले यहाँको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए। उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सम्पूर्ण सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै नागरिकलाई छिटो, छरितो र विश्वासिलो सेवा दिन प्रहरी संगठन प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुर्व्यवहार तथा सामाजिक विभेदका घटनामा प्रहरी संवेदनशील ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए। “प्रहरी र समुदायबीच विश्वास, सहकार्य तथा निरन्तर संवाद कायम भए मात्रै दिगो शान्ति, सुरक्षा र सामाजिक सद्भाव सम्भव हुन्छ,” उनले बताए।

कार्यक्रममा इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ग्यानेन्द्र बस्नेत तथा राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगाना लगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

UNOPS तर्फबाट सञ्चालन संयोजक इन्द्र न्यौपाने, पूर्वाधार प्रबन्धक शिशिर उपाध्याय तथा GESI अधिकारी कृति थापा कार्यक्रममा सहभागी थिए।

यसैगरी जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान लगायत स्थानीय अगुवा तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सोनी न्हेम्हाफुकी ले गरेकी थिइन् भने प्रहरी निरीक्षकहरू निरोज चौगाई, विक्रम सुवेदी तथा युवराज कटवाल लगायतको सहभागिता रहेको थियो।

नवनिर्मित सेवा केन्द्र सञ्चालनमा आएपछि पीडितहरूलाई कानुनी सहायता, परामर्श, सुरक्षा तथा न्यायिक पहुँचलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विश्वास लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...