बिकन माध्यमिक विद्यालयको एसईईमा शतप्रतिशत नतिजा , विद्यालयमा उत्सवमय माहोल

Date:

पर्सा पोस्ट , बैशाख २९ गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ भगवतीटोलस्थित बिकन माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालयका सबै विद्यार्थी उत्कृष्ट ग्रेडसहित उत्तीर्ण भएपछि विद्यालय परिसरमा खुसीयाली छाएको हो।

विद्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये २ जनाले A+ ग्रेड, १० जनाले A ग्रेड, ६ जनाले B+ ग्रेड तथा ३ जनाले B ग्रेड प्राप्त गरेका छन्। समग्र नतिजाले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन तथा प्रभावकारी शिक्षण पद्धतिलाई पुनः प्रमाणित गरेको विद्यालय प्रशासनले जनाएको छ।

उत्कृष्ट नतिजापछि विद्यालयका सञ्चालक प्रकाश उपाध्याय, मुना खनाल तथा प्रिन्सिपल जय दनुवारले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगकै कारण यस्तो गौरवपूर्ण सफलता सम्भव भएको बताएका छन्। उनीहरूले सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

त्यसैगरी शिक्षक मङ्गल सिंह लगायत सम्पूर्ण शिक्षक–शिक्षिकाहरूले सफल विद्यार्थीहरूलाई सम्मान गर्दै विद्यालयको गौरव अझ उचो बनाएको बताएका छन्। विद्यालयले उत्कृष्ट नतिजाको अवसरमा शिक्षकहरूबीच मिठाई वितरण गर्नुका साथै सम्पूर्ण विद्यार्थीहरूलाई चकलेट बाँडेर खुशीयाली मनाएको थियो।

विद्यालय परिसरमा आयोजित उत्सवमय कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सफलताको खुसी साटासाट गर्दै विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए भने अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण र व्यवस्थापनको खुलेर प्रशंसा गरेका थिए।

विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ। विद्यालय परिवारले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...