पर्सामा लागुऔषध नियन्त्रण तथा सुधार अभियान प्रभावकारी बनाउन अन्तरक्रिया सम्पन्न

Date:

पर्सा पोस्ट, बैशाख २३ गते, बिरगंज ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा सञ्चालित “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पर्सा जिल्लामा सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक, सशस्त्र प्रहरी बल १३ नम्बर गण बिरगंजका प्रमुख एसपी मोहन बहादुर क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल लगायतको उपस्थिति रहेको थियो।

अन्तरक्रियामा अभियानको पहिलो चरण अन्तर्गतको तयारी अवस्था, कार्यान्वयन रणनीति तथा लागुऔषध नियन्त्रणका लागि अपनाइने विभिन्न उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले लागुऔषध दुव्र्यसन न्यूनीकरण, सेवनकर्ताको पहिचान, उपचार तथा पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, कार्यक्रममा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, संघ–संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले अभियान सफल बनाउन सबै पक्षबीच सहकार्य, सचेतना अभिवृद्धि तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

उक्त कार्यक्रमले पर्सा जिल्लामा लागुऔषध नियन्त्रण तथा सुधार अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...