सडक सुरक्षा र बाल विवाहविरुद्ध सचेतना कार्यक्रम बिरगंजमा सम्पन्न

Date:

पर्सा पोस्ट, बैशाख २३ गते, वीरगञ्ज ।
शान्तिपूर्ण, सुरक्षित तथा सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वीरगञ्जको आयोजनामा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत सडक सुरक्षा तथा बाल विवाहविरुद्ध विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका–१४ स्थित मदरसा तौहिदुल सल्फिया माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा करिब ९५० जना विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमले स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्दै सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र पौडेल उपस्थित रहनुभएको थियो। उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कडाइका साथ पालना आवश्यक रहेको बताउँदै सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, महिला सेलकी प्रहरी निरीक्षक सुनिता शर्माले बाल विवाहका नकारात्मक प्रभावबारे प्रकाश पार्दै यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने उल्लेख गर्नुभयो। उहाँले यस्ता कुरीतिविरुद्ध सबै तहबाट सचेतना आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको सहजीकरण दिलिप राज कार्कीले गर्नुभएको थियो। उहाँले समुदाय–प्रहरी सहकार्यलाई प्रभावकारी बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा स्टार युथ क्लबका अध्यक्ष सम्साद अली अन्सारी, फुरकान एकेडेमीका निर्देशक जावेद इकबाल हैदर, महन्त रफिक अन्सारी लगायत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले सामाजिक विकृति र विसंगतिविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

विद्यालय तथा अभिभावकको तर्फबाट इमामुदिन अन्सारीले यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक सोच विकास गर्नुका साथै अभिभावकलाई पनि सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समुदाय र प्रहरीबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै जाने  बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...