बिपी उद्यानलाई आधुनिक हरियाली पार्कका रुपमा विकास गर्दै बिरगंज महानगर

Date:

पर्सा पोस्ट, बैशाख २२ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकता दिँदै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ।

लामो समयदेखि अव्यवस्थित र अतिक्रमणको चपेटामा परेको उक्त क्षेत्रलाई अब स्वच्छ, खुला र आकर्षक सार्वजनिक स्थलका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। हाल उद्यान क्षेत्रमा माटो पुर्ने, जमिन सम्याउने तथा नियमित सिँचाइ गर्ने काम भइरहेको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका अनुसार आगामी चरणमा दुबो रोप्ने, विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपण गर्ने र हरियाली व्यवस्थापनलाई थप व्यवस्थित बनाइनेछ। यसले पार्कलाई प्राकृतिक रूपमा सुन्दर र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

मेयर राजेशमान सिंहले यो परियोजना केवल पार्क निर्माणमा सीमित नभई समग्र शहरी जीवनस्तर उकास्ने अभियान भएको बताएका छन्। उनका अनुसार बीपी उद्यानलाई आधुनिक, सफा र व्यवस्थित हरियाली पार्कका रूपमा विकास गरिनेछ, जसले शहरको सौन्दर्य वृद्धि गर्नुका साथै नागरिकलाई स्वच्छ वातावरण र विश्रामका लागि खुला स्थान उपलब्ध गराउनेछ।

उनले पार्क निर्माणले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी तथा हरियाली क्षेत्रको व्यवस्थित संरचना निर्माण गर्ने योजना बनाएको छ। साथै, पार्कको उत्तरतर्फ रहेको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। ऐतिहासिक महत्व झल्काउन जनकपुरबाट पुरानो रेल इन्जिन ल्याएर संग्रहालयमा राख्ने तयारी भइरहेको छ।

वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक जय प्रकाश खेतानका अनुसार महानगरपालिकाले यसअघि वीरगञ्ज भन्सार क्षेत्रमा समेत वृक्षारोपण गर्दै शहरको हरियाली विस्तार गर्ने प्रयास गरेको थियो।

बीपी उद्यानको हरियाली पार्क निर्माण सम्पन्न भएपछि वीरगञ्जमा शहरी सौन्दर्य वृद्धि, वातावरण संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...