नयाँबर्षको पुर्वसन्ध्यामा बिरगंज कपडा बैंकद्वारा १ हजार बढीलाई नि:सुल्क कपडा बितरण

Date:

पर्सा पोस्ट, चैत २७ गते, वीरगञ्ज । नेपाली नववर्ष २०८३ को पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकले घण्टाघर क्षेत्रमा करिब १ हजार ५० थान नयाँ तथा पुराना कपडा नि:शुल्क वितरण गर्दै शुभकामना आदानप्रदान गरेको छ।

गरीब तथा असहायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा SOUL SISTER वीरगञ्जको सहयोग समेत रहेको थियो। संस्थाले कपडासँगै नगद ४ हजार १ सय सहयोग प्रदान गर्दै वितरण कार्यमा सहकार्य गरेको हो।
कार्यक्रममा वक्ताहरूले मानव सेवा नै सर्वोत्तम धर्म भएको उल्लेख गर्दै आयको केही हिस्सा सामाजिक सेवामा लगानी गर्न आग्रह गरेका थिए। साथै, यस्ता अभियानले समाजमा सहयोग, सहकार्य र मानवताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो।

वीरगञ्ज कपडा बैंकले विगत ७ वर्षदेखि नियमित रूपमा कपडा वितरण गर्दै आएको जनाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...