बिरगंजमा `SCALEUP NEPAL´ को ५ दिने उद्यमशिलता तालिम सुरु , १२० उद्यमी सहभागी

Date:

पर्सा पोस्ट , चैत २० गते, बीरगंज ।
बीरगंजमा उद्यमशीलता विकासलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित ‘SCALEUP NEPAL’ द्वारा आयोजित ५ दिने इन्टेन्सिभ ट्रेनिङ कार्यक्रम आजदेखि सुरु भएको छ। चैत २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम बीरगंज उद्योग वाणिज्य संघको सभाहलमा भइरहेको छ।

नेपालका उदीयमान उद्यमीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित आयोजना गरिएको यस कार्यक्रममा करिब १२० जना उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको संयोजन पिन्की खेतानले गरेकी हुन् भने ‘SCALEUP NEPAL’ का संस्थापक अमित अग्रवालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य अशोक टेमानी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, बीरगंज उद्योग वाणिज्य संघका अनुप अग्रवाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तालिम अवधिभर अनुभवी प्रशिक्षकहरूद्वारा सहभागीहरूलाई व्यवसाय सञ्चालन, बजार व्यवस्थापन, नवप्रवर्तन (इनोभेसन), वित्तीय योजना तथा उद्यम विस्तारसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिनेछ। आयोजकका अनुसार कार्यक्रम विशेषगरी व्यवहारिक सीप विकासमा केन्द्रित रहनेछ।

कार्यक्रमका प्रमुख अतिथि अशोक टेमानीले आजको प्रतिस्पर्धात्मक युगमा सफल उद्यमी बन्न केवल सैद्धान्तिक ज्ञान पर्याप्त नहुने बताए। उनले भने, “व्यवहारिक सीप, अनुभव र बजारको बुझाइ बिना उद्यममा सफल हुन गाह्रो हुन्छ। यस्ता तालिमहरूले उद्यमीहरूलाई वास्तविक चुनौती सामना गर्न सक्षम बनाउँछन्।”

उनले यस्ता कार्यक्रमहरूले युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै स्थानीय आर्थिक गतिविधि वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
स्थानीय स्तरमै यस्तो प्रकृतिको गुणस्तरीय तालिम आयोजना हुनु सकारात्मक कदम भएको सहभागीहरूले बताएका छन्। कार्यक्रमले बीरगंजसहित समग्र पर्सा जिल्लामा उद्यमशीलता प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...