बिरगंजको माईस्थानमा हिन्दू पत्रकारहरुको भेला :हनुमान जयन्तीलाई भब्य बनाउन प्रचार अभियान सुरु

Date:

पर्सा पोस्ट, चैत १८ गते, वीरगन्ज ।
हिन्दु पत्रकार संघ नेपालको केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक मंगलबार वीरगन्जको ऐतिहासिक माईस्थानमा सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले धार्मिक सम्पदाको संरक्षण तथा आगामी हनुमान जयन्तीलाई भव्य रूपमा मनाउने विषयमा विभिन्न रणनीतिक निर्णयहरू गरेको छ।

बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका नवनिर्वाचित सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रममा सांसदहरूको क्षेत्रमा रहेका ऐतिहासिक मठ–मन्दिर, धर्मशाला तथा अन्य धार्मिक स्थलहरूको वर्तमान अवस्था, संरक्षणका चुनौती र आगामी योजनाबारे विस्तृत छलफल गरिने सचिव राज सराफले जानकारी दिनुभयो।

त्यसैगरी, आसन्न हनुमान जयन्तीलाई ‘जनउत्सव’का रूपमा मनाउने लक्ष्यसहित व्यापक प्रचार–प्रसार अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। संघले हिन्दुवादी संघ–संस्था तथा विभिन्न धार्मिक स्थलका पदाधिकारीहरूसँग समन्वय गरी जनसहभागिता बढाउने र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिने अध्यक्ष रौनियारले बताउनुभयो।

बैठकमा उपाध्यक्षद्वय विमला गुप्ता र विनोद पटेल, सचिव राज सराफ, कोषाध्यक्ष आनन्द पटेलसहित सदस्यहरू राकेश साह, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, राजु बैठा, अनिल ओझा, रवि वर्णवाल, रश्मि राजभण्डारी र सञ्जय साहलगायतको उपस्थिति रहेको थियो।

बैठकले धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकाल्दै स्थानीय तहमा ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थलहरूको खोजी, संरक्षण र प्रचार–प्रसारमा सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...