गृहिणी महिलालाई आत्मनिर्भर बनाउदै डलकुशन तालिम , आम्दानीको नयाँ ढोका खुल्दै

Date:

पर्सा पोस्ट, चैत ०८ गते, वीरगञ्ज ।
बिरगञ्ज महानगरपालिका वडा नं. ९ मा गृहिणी महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १ महिने डलकुशन (डल कुसन) बनाउने सीपमूलक तालिम सुरु गरिएको छ। वडा समितिको सहयोग तथा नेपाल महिला विकास संघको आयोजनामा सञ्चालन भएको उक्त तालिम एक औपचारिक समारोहबीच उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले तालिम उद्घाटन गर्दै महिलाहरूलाई सीपमूलक ज्ञानले सशक्त बनाउँदै स्वरोजगारतर्फ उन्मुख गराउने यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। उनले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई विशेष आग्रह गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा सदस्यहरू नन्दकिशोर चौहान, लालबाबु गुप्ता, गीता मानन्धर र कुमारी सोनी पासवान तथा समाजसेवी सतीश सिंह राजपूतको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता व्यावसायिक तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

नेपाल महिला विकास संघकी अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरूलाई १ महिनासम्म डलकुशन निर्माण सम्बन्धी व्यावहारिक तथा व्यवसायिक सीप प्रदान गरिने जनाइएको छ।

यस तालिमले गृहिणी महिलाहरूलाई घरमै बसेर साना उद्योग सञ्चालन गर्ने अवसर प्रदान गर्नुका साथै आत्मनिर्भर बन्ने मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ। सीपलाई रोजगारीसँग जोड्दै आम्दानीको दिगो स्रोत सिर्जना गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी सावित हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...