आधुनिक शिक्षाको नयाँ सुरुआतसँगै ICC को भब्य फेयरवेल कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, चैत ०७ गते, वीरगञ्ज ।
इंटरएक्टिव कोचिङ सेन्टर (ICC) द्वारा आयोजित “आधुनिक शिक्षाको सुरुवात तथा फेयरवेल बिदाई सेरेमनी २०८२” कार्यक्रम वीरगञ्जमा भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। एसईई परीक्षार्थी विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, आत्मविश्वास अभिवृद्धि तथा उज्ज्वल भविष्यको कामनासहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम प्रमुख अतिथि डा. उमेश चौरसियाको आतिथ्य तथा इंटरएक्टिव कोचिङ सेन्टरका डाइरेक्टर पवन पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा राजेन्द्र कोइराला, डा. मिर्गेन्द्र सिंह यादव, श्याम बाबु यादव, नागनारायण सिंह, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य देवेश गुप्ता, बिनोद पटेल तथा बीपीएस कलेजका डाइरेक्टर दीपक पटेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै नियमित रूपमा कोचिङमा सहभागी विद्यार्थीहरूलाई पनि प्रोत्साहनस्वरूप कदरपत्र वितरण गरिएको थियो।

उक्त अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा सन्देशमूलक नाटक प्रस्तुत गर्दै कार्यक्रममा रौनक थपेका थिए। विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले सहभागीहरूलाई मनोरञ्जनका साथै प्रेरणा समेत प्रदान गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वर्तमान समयको प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा लक्ष्यसहितको अध्ययन, अनुशासन र निरन्तर मेहनतको आवश्यकता औंल्याएका थिए। उनीहरूले आधुनिक शिक्षाले विद्यार्थीहरूलाई केवल परीक्षामै सीमित नराखी व्यवहारिक ज्ञान र सीप विकासमा पनि जोड दिनुपर्ने धारणा राखे।

कार्यक्रमको समापनमा आयोजकले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा, आत्मविश्वास र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण विकास गर्ने विश्वास व्यक्त गरेका छन्। साथै आगामी दिनमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...