उपकार सेवा नेपालद्वारा निरन्तर मानवीय सेवा: आश्रममा खाद्यान्न सहयोग ,घरमै पुगेर ह्विलचेयर वितरण

Date:

पर्सा पोस्ट, चैत ०७ गते, वीरगञ्ज ।
समाजसेवामा सक्रिय उपकार सेवा नेपालले हरेक महिनाजस्तै यस महिनामा पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्गता भएका, सुस्त मनस्थिति भएका, वृद्धवृद्धा, आमा–बुवा तथा बालबालिकालाई लक्षित गर्दै खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

संस्थाले आश्रमका १७ जना आश्रितहरूको उपभोगका लागि चामल ६० किलो (२ बोरा), स्वाबिन ५ किलो, खाने तेल ४ लिटर, मसुर दाल १० किलो, नुन १० किलो, लुगाधुने साबुन, बेसार मसला लगायतका आवश्यक सामग्री उपलब्ध गराएको हो।

यस अवसरमा आयोजित एक कार्यक्रममा आश्रमका सदस्य शेर बहादुर थिङलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुको उपस्थिति रहेको थियो।

उपकार सेवा नेपालले विगतदेखि नै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। संस्थाले प्रत्येक महिना यस्ता आश्रमहरूमा आवश्यक सामग्री सहयोग गर्दै आएको मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूलाई घर–घरमै पुगेर ह्वीलचेयर वितरण गर्दै उनीहरूको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस किसिमका मानवीय कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहयोग र सहकार्यको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...