अजित कुमार भुजेल , बिरगंज । लागु औषध सहित एक जना मानिस पक्राउ परेको छ ।
बिरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी सडकखण्डमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार राती ७:३० बजेतिर चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेको हुँदा रिक्सा चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१ छप्कैया बस्ने वर्ष ५० को बब्लुलाल कर्णलाई लागु औषध सहित नियन्त्रणमा लिई निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ ।