साहिब दरबार सस्थाले वडा न.३१ बेल्वामा ७० जनालाई न्यानो सिरक बितरण गर्‍यो

Date:

अजित कुमार भुजेल , बिरगंज । जाडोमा न्यानोको लागि साहिब दरबार सस्थाले बिरगंजको ग्रामीण भेगमा गरिब विपन्न र असहायहरुलाई सिरक वितरण गरेको छ।

बिरगंज महानगरपालिका वडा नम्बर ३१ बेलवामा ७० जनालाई साहिब दरबार सस्थाले सिरक वितरण गरेको छ ।

यसअघि साहिब दरबार सस्थाले  बिरगंजको नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई पनि १५० थान कम्बल वितरण गरेको थियो ।

तराईमा केही दिनदेखि चिसो र शीतलहरले गर्दा जनजीवन कष्टकर भएकोले गरिब विपन्नहरुलाई जाडोमा राहत मिलोस् भनेर संस्थाले विभिन्न स्थानमा कम्बल र सिरक वितरण गरिरहेको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो ।

सस्थाका अध्यक्ष उमेशलाल सहनीको  अध्यक्षतामा भएको सिरक वितरण कार्यक्रममा जसपाका स्थानीय नेता सुलेमान मियाँ, साहिब दरबारका सदस्यहरू प्रेमबाबु पटेल , अन्नपुर्णा सिंह , संगीता दास , सुनिता शर्मा , पुष्पराज कोइराला,  हफिज मियाँ लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...