बालबिवाह रोक्न अभिभावक तथा छात्रछात्राहरुलाई प्रशिक्षण दिनुपर्ने :- प्रमुख प्रशासकिय अधिकृत अजय श्रीवास्तव

Date:

अजित कुमार भुजेल , बिरगंज । बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम पोखरीया नगरपालिकामा सम्पन्न भएको छ ।

बाल विवाह रोकथाममा पालिका स्तरीय सरोकार वालाले खेल्नु पर्ने भूमिकाबारे अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तवले अहिले समाजमा व्यापक रुपमा बालबिबाह तथा बाल हिंसा बिरुद्ध बालबालिकालाई शसक्त बनाउने उध्यश्यले यस्तो अभिमुखिकारण कार्यक्रमको आयोजना गरिएको जनाएइएको छ  ।

पोखरिया नगरपालिकाका प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले बाल विवाहलाई रोक्न बिधालयमा गएर अभिभावक लगायत छात्रछात्रालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभएको थियो ।

अहिले मधेस प्रदेशमा अरु प्रदेश भन्दा बढि बालविवाह भइरहेकोले यस्ता अभिमुखिकरण कार्यक्रमले यस्ता समस्यालाई रोक्न महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

प्रमुख अतिथी पोखरिया नगरपालिकाका उपमेयर रुबि ठाकुरले अहिले स्थानिय सरकार भएपछी शिक्षा क्षेत्रमा सुधार भएको कारण बाल विवाहमा पनि क्रमिक रुपमा कमी आएको छ ।

अहिले पोखरिया नगरपालिकाले पनि बालबालिका र महिलाहरुको हकहितको लागि विभिन्न समाजिक संघसस्था मार्फत विभिन्न किसिमको कार्यक्रमको आयोजना गर्ने बताए । बाल विवाहले स्वास्थमा समस्या आउनुको साथै ज्यान समेत जाने गरेकोले अहिले कमसेकम २० वर्ष नाघे पछि मात्र विवाह गर्नुपर्ने बताए ।

सामाजिक सस्था जिल्ला समन्वय समिती पर्साका अध्यक्ष इब्राहिम देवानले यस अभिमुखीकरण कार्यक्रममा बालबालिकाको हकहितका लागि  र जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम गरिएको बताउनु भयो ।

युनिसेफ नेपालको सहयोग र सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साको आयोजना गरिएको कार्यक्रममा पोखरिया इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक मोहन बिक्रम केसि,वडा अध्यक्ष किशोरी साह , रेड्क्रस पोखरिया उपशाखाका सभापति भगवान प्रसाद कुर्मी , कार्यपालिका सदस्य शिव वचन महतो, शिक्षा प्रमुख वाल्मीकि साह लगायत स्थानिय अग्रज ,महिला, युवाहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...