डि चिल्ड्रेन गार्डेन मन्टेसरीको ७ औं वार्षिक उत्सव भब्य रुपमा सम्पन्न

Date:

पर्सा पोस्ट , फागुन २४ गते , बिरगंज । वीरगञ्जस्थित डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीको ७औँ वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वीरगञ्जको क्लासिक बैंक्वेट हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा विद्यार्थी, शिक्षक–कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स–साना बालबालिकाहरूले नृत्य, गीत–संगीत, नाटक लगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। बालबालिकाहरूको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक र स्मरणीय बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि हिसान वीरगञ्जका अध्यक्ष मुकेश गुप्ताले बालबालिकाको समग्र विकासमा विद्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र सिर्जनशीलता बढाउन मद्दत गर्ने बताए।

त्यस्तै विशिष्ट अतिथिहरूमा प्याब्सन वीरगञ्जका नगर अध्यक्ष राहुल गुप्ता, आलोक चौरसिया, मार्तिन मोक्तान, युवराज केशरी तथा सदाम हुसैनको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यालयले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए।

डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीकी प्रधानाध्यापक रोशनी श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीका अभिभावकलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सूर्यनारायण विकले गरेका थिए। उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त वार्षिक उत्सवले विद्यार्थीहरूको प्रतिभा अभिवृद्धि गर्नुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...