पूर्वी चम्पारणमा ‘ बालबिवाह मुक्ति रथ ‘ अभियान , २ लाखभन्दा बढी नागरिकलाई सचेतना

Date:

पर्सा पोस्ट , बिरगंज/रक्सौल, फागुन २३ — अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको पूर्वी चम्पारण जिल्ला मा ‘१०० दिवसीय बाल विवाह मुक्त भारत’ अभियानलाई थप सशक्त बनाउन जागरूकता कार्यक्रम आयोजना गरिएको छ। हरैया गाउँ मा काली सेना भाजपा महिला मोर्चाकी महामन्त्री पार्वती तिवारी को उपस्थितिमा तथा प्रयास जुवेनाइल एड सेन्टरकी जिल्ला परियोजना समन्वयक आरती कुमारी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको ‘बाल विवाह मुक्ति रथ’ले जिल्लाका विभिन्न गाउँ–सहरमा पुगेर अभियानलाई तीव्र बनाएको छ। ३० दिनसम्म सञ्चालन भएको यात्रामा रथले करिब २,४४५ किलोमिटर दूरी पार गर्दै २१५ गाउँमा पुगेर करिब २ लाख ४५ हजार नागरिकलाई सचेत बनाएको आयोजकले जनाएको छ।
भारत सरकार महिला तथा बाल विकास मन्त्रालय को पहलमा सञ्चालन भएको १०० दिवसीय गहन अभियान अन्तर्गत देशभरका ४३९ जिल्लामा ‘बाल विवाह मुक्ति रथ’ परिचालन गरिएको हो। पूर्वी चम्पारणमा सांसद डा. संजय जायसवाल, विधायक प्रमोद कुमार सिन्हा, रक्सौलका अनुमण्डल पदाधिकारी मनीष कुमार तथा अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्द लगायतले रथलाई हरियो झण्डा देखाएर अभियान सुरु गरेका थिए।

कार्यक्रममा बोल्दै आरती कुमारीले बाल विवाह सामाजिक कुप्रथा मात्र नभई कानुनी रूपमा दण्डनीय अपराध भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गरिन्।

अभियान तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा विद्यालय तथा शैक्षिक संस्थामा सचेतना कार्यक्रम, दोस्रो चरणमा धर्मगुरु तथा विवाहसँग सम्बन्धित सेवा प्रदायकहरूलाई बाल विवाहमा सहयोग नगर्न आग्रह, र तेस्रो चरणमा स्थानीय समुदायमा कानुनी जानकारीसहित सचेतना कार्यक्रम गरिएको थियो।

कार्यक्रममा सामाजिक कार्यकर्ता राज गुप्ता, उमेश कुमार श्रीवास्तव, आशीष कुमार र अजय कुमार लगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...