बिरगंजका क्रियाशिल पत्रकार पासवान ५० हजार धनराशी भएको स्व. गोपाल गिरि क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजका  क्रियाशिल युवा  पत्रकार बृजलाल पासवान स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले साेमबार आयाेजना गरेकाे कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चाैरसियाले नगद ५० हजार राशीकाे उक्त पुरस्कार सहित कदरपत्र पासवानलाई प्रदान गरे ।

राष्ट्रिय सहारा दैनिकका सम्पादक पासवानलाई नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस बर्षकाे स्वर्गीय गाेपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरेकाे हाे ।

पुरस्कृत पासवान समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव एवम् राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।

पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, स्व. गिरीका सुपुत्र गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरीक्षक काेमल विक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अशाेक तिवारी, प्रेस चाैतारीका जिल्ला अध्यक्ष तुलसी भण्डारी, प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष मनाेज पटेल लगायतले मन्तव्य राखेका थिए ।

स्व. गोपाल गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन बिरगंज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिए ।

यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...