बिरगंजमा पनि थारु समुदायले मनाए खिंचडी ( माघी ) महोत्सव २०८०

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा पनि  खिंचड़ी ( माघि )  महोत्सव २०८० भब्य रुपमा मनाएका थिए ।

खिंचडी ( माघी) मूल समारोह समिति बिरगंजको आयोजनामा आज बिरगंज महानगर पालिका वडा न.१० आदर्शनगरस्थित पुरानो बसपार्कमा खिंचडी  ( माघि ) महोत्सव तथा थारु सम्बत  २६४८ विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाएका थिए ।

खिंचडि ( माघी ) महोत्सवमा थारू समुदायको भाषा , सस्कृति , रहनसहन , भेषभुषाका साथ साथै खानाका परिकारहरु समेत प्रदर्शन गरिएको थियो भने थारु लोकसस्कृति झल्कने सास्कृतिक कार्यक्रम गरिएको थियो ।

यसको साथै आजै पर्सा जिल्लाको चार ओटा गाउपालिकामा थारू समुदायको  माघी कार्यक्रम गरिएको थियो l जिराभवानी गा.पा.को पकडीटोल , पटेर्वा सुगौली गा. पा. को पटेर्वा खेल मैदान , सखुवा परसौनी गा.पा. को ओराहा पचगाव , पर्सागढ़ी गा.पा. को मान्वाबजारमा  माघी कार्यक्रम भएको थियो ।

बिहान घंटाघरबाट थारु सास्कृतिक प्रभातफेरि निकाली कार्यक्रम स्थलपुगि कार्यक्रम सुरु गरेको संयोजक शेखर चौधरीले जानकारी दिनु भयो ।

महोत्सव कार्यक्रममा  घटो, सामाचेकवा, झ्म्टा, थारू पूर्बी नाच, थारू गितमा नृत्य कला प्रदर्शन भएको थियो ।

थारू परिकार घोघी,केकरा, माछा, परेवा, हाँस, मुर्गामुर्गी, चिचर, लाइ, तिलवा लगायत  थारू खानाको परिकार  रहेको थियो ।

मानव जीवन हेतु रक्तदान कार्यक्रम समेत गरिएको थियो । रक्तदान कार्यक्रममा ६ महिला सहित ३५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नु हुनेमा सिलु गौतम , शिल्पा चौधरी ,अजित कुमार भुजेल , रिन्कु श्रीवास्तव , अमित पाल , मनोज महतो , दशरथ राउत कुर्मी , सागर पासवान , जय प्रकाश गुप्ता , मुक्ति नारायण महतो , केशब महतो चौधरी , दीपेन्द्र महतो , राधेश्याम महतो थारु , दिपलप आचार्य , मनोज कुमार पटेल , अभिजित ठाकुर , राकेश साह , कुनाल चौधरी , सचिन कुमार साह , सन्दिप दहित , अभिनाश चौधरी , शिवशंकर थारु , शैलेन्द्र यादव , भिम प्रसाद चौधरी लगायतले रक्तदान गरेका थिए ।

जेसिस पर्साका पुर्व अध्यक्ष एवं माघी ( खिंचडी) मुल समारोह समिति बिरगंजका सन्योजक शेखर चौधरीको अध्यक्षतामा  तथा शिक्षा प्रेमी , थारु साहित्यकार , थारु कवि , लेखक एवं थारु कल्याणकारी सभा बाराको केन्द्रिय सदस्य हिर्दयनारायण चौधरीको प्रमुख आतिथ्य भएको सो कार्यक्रमका बिशिस्ट अतिथि ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व प्रमुख एवं राष्ट्रिय योजना आयोगको पुर्व सदस्य डा. कृपासिन्दु चौधरी , अतिथिमा पर्साका प्रहरी नायब उपरीक्षक धुर्व बहादुर श्रेष्ठ , था. क. स. केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार , था. क. स. केन्द्रिय पुर्व पार्सद राजेन्द्र चौधरी , वरिष्ठ अधिवक्ता ईन्द्रदेव चौधरी , समाजसेबि एवं प्रकाश थारु फाउन्डेसनका प्रकाश थारु , आदिवासी जनजाती पत्रकार महासंघ( फोनिज) मधेस प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर , पर्सा अध्यक्ष अजित भुजेल , नेपाल पत्रकार महासंघ पर्साको उपाध्यक्ष युवराज खड्का , थारु पत्रकार संघ पर्साको अध्यक्ष सम्भु महतो थारु , थारु नागरिक समाज बारा, पर्सा र रौतहटको सभापति परमानन्द चौधरीले सुभकामना मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य  थारु कल्याणकारी सभा पर्साका सचिव मनोज चौधरीले तथा कार्यक्रम सन्चालन थारु कल्याणकारी पर्साको महिला सभा अध्यक्ष बिजया ओझैया र थारु पत्रकार संघ पर्साको सचिव दिपेन्द्र चौधरीले गरेका थिए भने कार्यक्रमको बारे थारु कल्याणकारी सभा पर्साको  केन्द्रिय पार्सद नन्दकिशोर पन्जियारले प्रकाश पार्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...