हरि खेतान क्याम्पसको नया बिल्डिङ्गमा अनियमितता भएको नव निमित्त प्रमुख रायको आरोप

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा रहेको हरि खेतान बहुमुखी क्याम्पसको नया भवन ( बिल्डिङ्ग) निर्माणमा अनियमितता भएको भन्दै क्याम्पसका निमित्त प्रमुख किशोरी रायले आरोप लगाएका छन् ।

क्याम्पसका नव निमित्त प्रमुख रायले नवनिर्मित भवन मै आज पत्रकार सम्मेलनको आयोजना गरि भवन निर्माणमा अनियमितता भएको भन्दै २ करोड ७४ लाखमा २०७६ सालमा सम्झौता भैइ २ बर्ष भित्र निर्माण सम्पन्न गर्न सन्तोष सेवा निर्माण कम्पनीलाई ठेक्का जिम्मा दिएको र रकम भुक्तानी पनि पुरै भैइ सक्दा पनि भवन अधुरो रहेकोले यसमा अनियमितता भएको र यसको छानबिन गर्न आफूले पत्रकार सम्मेलन गर्नु परेको बताए ।

निमित्त क्याम्पस प्रमुख भएपछी निबर्तमान क्याम्पस प्रमुख डा. भगवान यादव भवन निर्माण सम्बन्धि कागजात  रेकर्डको बारेमा सोध्दा यसबारे केही पनि बताउन चाहनु भएन । लेखा प्रमुख सङ्ग बुझ्दा सबै रेकर्ड भगवान सरले लिइ सकेकोले मसङ्ग केही पनि रेकर्ड छैन भनेर पन्छिनु भयो ।

आफू क्याम्पसको निमित्त प्रमुख भएपछी क्याम्पसको पुरानो भवनमा धेरै समस्या भएकोले नया बिल्डिङ्गमा कक्षा सन्चालन गर्नु पर्यो भनेर हेर्न आउदा त बिल्डिङ्ग अधुरो र फिनिसिङ्ग नभएको , प्लास्टर समेत नभएको , कवाडी संकलन गरि थुपारिएको , गाई पालन गरि फोहर अवस्थामा रहेको पाईएकोले पुर्व निर्माण समितिको दायित्व पनि रहेकोले सम्झौता अनुसार रंग रोगन गरि दिनु पर्नेमा नदिएकोले आफ्नो पालामा क्याम्पसको कोष कति छ , अधुरो काम के के छ , गलत कार्य गर्ने कर्मचारीलाई केही दिन मै कार्वाही गर्ने निमित्त प्रमुख रायले बताए ।

२०७४ साल देखि २०८० सालसम्मको  आन्तरिक लेखा परिक्षण समेत लेखा प्रमुख सङ्ग नभएको लापरबाही जवाफले गर्दा आफुलाई काम गर्न अप्ठ्यारो भएको र यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी समेत गराई सकेकोले केही दिन भित्रै सबै जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नया भवन बिरगंज महानगर पालिका वडा न.३ स्थित पानीटंकी नीर ८ कठ्ठा क्षेत्रफल जग्गामा सानो ठुलो गरि १० कोठाको एक तल्ले भवन रहेको छ । झ्याल , ढोका र प्लास्टर समेत नभएको छतको ढलान अहिले नै लच्केको र पिलर कमजोर अवस्थामा रहेकोले ठेकेदारको लापरबाही र पुर्व क्याम्पस प्रमुख यादबले अनियमितता गरेको आरोप रायको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...