पर्सा क्षेत्र न. १ का सबै वडामा रास्वपाको घरदैलो , उमेदवार हरि पन्तलाई स्थानीयको ह्रदयदेखि स्वागत, जितको अग्रिम सुभकामना दिए

Date:

पर्सा पोस्ट, माघ २२ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले क्षेत्रका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। सोही क्रममा आज वीरगञ्ज महानगरपालिका वडा नं. २३ अन्तर्गत पर्सौनी बिर्ताका मतदाताहरूसँग पन्तले प्रत्यक्ष भेटघाट गरेका छन्।
घरदैलो कार्यक्रमको सुरुवात स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि कार्यक्रम वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।

रास्वपा पर्सा क्षेत्र नं. १ अन्तर्गतका हरेक वडामा निरन्तर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ। सो क्रममा स्थानीय जनताले उम्मेदवार हरि पन्तलाई हृदयदेखि स्वागत गर्दै आगामी निर्वाचनमा जितको अग्रिम शुभकामना समेत व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद, सहभागितामूलक कार्यक्रम र घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...